Skip to main content

.पि.ग्याँ सुक्षिप्र यो म्बन्धिजाकारी

ग्याँस सिलिण्डर फेर्दा सावधानी पुर्याउनु पर्ने कुराहरु

ग्याँस सिलिण्डर जोड्नु भन्दा अघि सबै किसिमको आगोको ज्वाला (जस्तै मैन बत्ती, धुप्, दियो मट्टितेलको स्टोभ अदि) नविर्सिकन निभाउनु पर्दछ। ग्याँसको स्टोभ जोड्दा जोड्दै बिजुलीको कुनै स्वीच बाल्ने निभाउने गर्नु हुदैन।

ग्याँस सिलिण्डर खरीद गर्दा जहिले पनि सिल क्याप दुरुस्त छ छैन चेक गर्नु पर्दछ।

ग्याँस सिलिण्डर जोड्ने रवर पाईपमा कुनै खराबी (जस्तै चीरा परेको अथवा प्वाल परेको) छ छैन बराबर चेक गरी रहनु पर्दछ र यदि कुनै खरावी नोकसानी देखिएमा गुणस्तर चिन्ह भएको रवर पाईप ल्याई फेर्नु पर्दछ।

ग्याँस सिलिण्डरको सिल निकालेर रेगुलेटर जडान गर्नु पर्दछ।

यसरी ग्याँस सिलिण्डरको ग्याँस स्टोभमा जोडी सकेपछी बर्नर बालेर चेक गर्नु पर्दछ।

ग्याँसको गन्धलाई खतराको संकेतमानी बचावटका उपायहरु अपनाऔ

हामीले सधैं सम्झनु पर्ने कुरा के छ भने ग्याँस सिलिण्डर साधारण अवस्थामा कहिल्यै पनि पड्किदैंन। अन्य कारणबाट आगलागी भई जब ग्याँस सिलिण्डर बलिरहेको आगोको लप्कामा धेरै समयसम्म रहन्छ र सिलिण्डर तात्तिएर सिलिण्डर भित्र थेग्न नसक्ने चाप उत्पन्न हुन्छ यस्तो अवस्थामा मात्र सिलिण्डर पड्कने सम्भावना हुन्छ।

किचनमा ग्यासको उपयोगसँग सम्बंधित सावधानीहरु

  • के गर्ने

  • सिलिन्डर भुइँमा सधै सिधा राख्नुहोस र चुलो लाई जहिले पनि सिलिन्डर भन्दा माथी राख्नुहोस।
  • के नगर्ने

  • झ्याल वा ढोकाको पर्दा ग्यास चुलोको वरिपरी पर्न नदिनुहोस।
  • ग्यास सिलिन्डर कुनै पनि ताप श्रोत र ज्वलनशील पदार्थहरु जस्तै मट्टितेल आदि बाट टाढा राख्नुहोस।

ग्यास लीक भएको अवस्थामा के गर्ने ?

  • के गर्ने

  • सबै झ्याल र ढोका खोली दिनुहोस ।
  • यदी ग्यास भल्भ बाट लीक भए, सेफ्टी क्याप लगाई दिनुहोस ।
  • रेगुलेटर ON भए तुरुन्त OFF गरी दिनुहोस ।
  • यदी सम्भव भए घरको बिजुलीको मुख्य लाईन बहिर बाटै काटी दिनुहोस ।
  • सिलिन्डरलाई खुला ठाउँमा राख्नुहोस अनि आफ्नो ग्यास बितरक, उध्योग अथवा आपत्कालीन सेवामा सम्पर्क गर्नुहोस ।
  • के नगर्ने

  • घरभित्रको कुनै पनि बिजुलीको उपकरण ON/OFF नगर्नुहोस ।
  • साना बालबालिकालाई सिलिन्डरको नजिक जान नदिनुहोस ।
  • सलाई लाईटर आदि नचलाउनुहोस ।

LP ग्यासमा आगो लगेमा गर्नुपर्ने उपाय

  • के गर्ने

  • आफ्नो ग्यास बितरक वा डिलर लाई तुरुन्त खबर गर्नु पर्छ।
  • LPG को आगो निभाउनको लागी आगोको मुख्य श्रोत बन्द गर्न पर्छ । ABC वा CO2 अग्निशमन यन्त्र को उपयोग गर्न पर्छ । LPG बाट लागेको आगो निभाउन पानीको प्रयोग गर्न पनी अति नै कारगर हुन्छ ।
  • अग्निशमन यन्त्रको स्थान र उपयोग थाहा हुनु पर्छ ।
  • LPG को मिश्रण हावाभन्दा भारी हुनेभएकोले लामो दुरीसम्म फैलिन्छ ।
  • सिलिन्डरमा आगो लागे, कम्मल वा मोटो सुतीको कपड़ालाई पानीमा भिजाएर सिलिन्डरलाई नदेखिने गरी छोपिदिनु पर्छ।
  • LPG लीक भए झ्याल ढोका खुल्ला गरिदिन पर्छ ।
  • के नगर्ने

  • तर यदी आगो लागी सकेको भए झ्याल ढोका बन्द नै राख्नुहोस । कुनै पनि इलेक्ट्रीक सन्साधन चालु वा बन्द गर्नु हुदैन ।
  • यदी कुनै मान्छे आगोको चपेटामा परे, भाग्नुको साटो भुइमा रोल गर्न पर्छ।
  • इलेक्ट्रीक स्पार्क हुने कुनै पनि काम गर्नु हुदैन । वेल्डिङ वा ग्यास कटिङ जस्तो आगो को झिल्का आउने काम पनि बन्द गर्नु पर्छ ।

LP ग्यास लिकेज वा आगोले हुनसक्ने
सम्भावित शारीरिक असर

  • सामान्य दुखाइ हुन सक्छ । LPG को भारी प्रवाहले आँखालाई हानी गर्न सक्छ ।
  • 15 मिनेटसम्म पानीले आँखा धुनु पर्छ ।
  • श्वास प्रश्वासको गति, मुटुको गति बढ्नु र सुस्त महसुस गर्न पनि LPG को प्रभाव हो ।
  • सामान्यतया अक्सिजन हटाउँछ । यसले सास फेर्न गाह्रो हुन्छ ।
  • 90% भन्दा माथिको एकाग्रताले Central Nervous System लाई प्रभावित गर्दछ ।
  • यसको कारण, टाउको दुखाई, उल्टी र मनको एकाग्रताको कमी जस्तो समस्याहरु हुन्छ ।
  • पीडितलाई खुला हावामा लैजानुहोस् ।
  • प्रभावित व्यक्तिलाई अस्पताल लैजानुहोस् ।